बृहत् प्रोपर्टी सोलुसन्स् (बीपीएस) ले आयोजना गरेको १३ औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्नभएको छ । ‘बीपीएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रुप’ अन्तर्गतको कम्पनी हो ।

 

१९ देखि २१ जुलाई २०१८ सम्म काठमाडौंमा आयोजित १३ औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यावसायिक प्रतिष्ठान समेतका ११ जनाको सहभागिता थियो । यस १३ औं रिमा ब्याचमारियल इस्टेट कै क्षेत्रमा कार्य गर्दै आउनु भएका व्यक्तित्वहरूको उपस्थिति रह्यो ।

 

समयानुकूल आफ्नो ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उहाँहरूले यो तालिममा भाग लिनु भएको थियो । तालिममा रियल इस्टेट करिअरबारे आधारभूत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवनसंहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी इभ्यालुएसन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एन्ड टेक्निकल लगायतका विषयहरू समेटेको थियो । तालिमका प्रशिक्षकहरूमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पूर्णिमा राजभण्डारी, उनममानप्रधान, निश्चलमान सिंह प्रधान, सुशीलकुमार चापागाईं, सविता जोशी, निभा श्रेष्ठ थिए ।

 

यो तालिमले सहभागीहरूका लागि रियल इस्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँआयाम सिर्जना गर्ने कम्पनीको विश्वास छ । तालिममा सहभागीहरूले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त सहयोगी र उपलब्धिमूलक भएको र यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रूपमा अघि बढाउने बताए । दक्ष रिमा उत्पादनमार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्देश्यले कम्पनीले ९ वर्ष अघिदेखि यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म १ सय ७३ जना रिमा ग्राजुयेट भइसकेका छन् । बृहत् ग्रुप नेपालमा व्यावसायिक रिमा तालिम सञ्चालन गर्ने पहिलो र हालसम्मको एकमात्र कम्पनी हो ।