बृहत इन्भेष्टमेन्टस प्रा.लि (बिआई) ले आयोजना गरेको १८औं ब्याचको 'रिमा' तालिम (Real Estate Marketing Agent) सम्पन्न भएको छ । ‘बिआई’ रियल इस्टेट (Real Estate) क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’अन्तर्गतको कम्पनी हो ।

 

१० देखि १२ नोबेम्बरसम्म काठमाडौंमा आयोजित १८औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका १२ जनाको सहभागिता थियो । यस १८औं रिमा ब्याचमा रियल इस्टेट कै क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरू, रियल इस्टेट लगानीकर्ता (Real Estate Investor) का साथै यस पेशामा लाग्न इच्छुक व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

तालिममा रियल इस्टेट करिअर (Real Estate Career) बारे आधारभूत जानकारीका साथै घर निर्माण (Housing), सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानून (Real Estate Law) र यसको अभ्यास, आवास कर्जा (Home Loan) तथा बीमा (Insurance), प्रोपर्टी भ्यालुएशन (Property Valuation), रियल इस्टेट मार्केटिङ (Real Estate Marketing) तथा सेल्स टुल्स एण्ड टेक्निक (Sales tools and techniques) लगायतका विषयहरू समेटिएको थियो । तालिमका प्रशिक्षकहरुमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पूर्णिमा राजभण्डारी, आ.रश्मी तुलाधर, ई.बिनोद महर्जन, सुजन श्रेष्ठ, अमित कुमार पुडासैनी र सजन बार सिंह थापा रहेका थिए ।

 

यो तालिमले सहभागीहरुका लागि रियल इस्टेट क्षेत्रमा करियर बनाउनका लागि नयाँ आयाम सृजना गर्ने कम्पनीको विश्वास छ । तालिममा सहभागिहरुले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त सहयोगी र उपलब्धि मुलक भएको बताए । यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउन तालिमले सहयोग पुर्‍याउने उनीहरूको विश्वास छ । दक्ष रिमा मार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले १२ वर्ष अघिदेखि यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म २३० जना रिमा तालिम प्राप्त गरी सकेका छन् । बृहत इन्भेष्टमेन्टस प्रा.लि नेपालमा व्यवसायिक रिमा तालिम सञ्चालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी हो ।

 

Source: