दक्ष रियल इस्टेट मार्केटिङ एजेन्ट उत्पादनमार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले बृहतले १० वर्षअघिबाट यो तालिम संचालन गर्दै आएको छ । रिमा तालिमबाट हालसम्म दुई सय १८ जना ग्र्याजुएट भइसकेको कम्पनीले जानकारी दिएको छ ।

 

काठमाडौं । बृहत प्रोपर्टी सोलुसन्स् (बिपिएस) ले आयोजना गरेको १७ औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ । १२ देखि १४ मार्च २०१९ सम्म काठमाडौंमा आयोजित १७ औं ब्याचको रिमा तालिममा र अन्य व्यवसायिक प्रतिष्ठान समेतका गरी जम्मा १२ जनाको सहभागिता थियो ।

यस ब्याचमा रियल इस्टेटकै क्षेत्रमा कार्य गर्दै आएका रियल इस्टेट एजेन्ट तथा अन्य व्यक्तित्वहरु, रियल इस्टेट लगानीकर्ताका साथै यस पेशासँग अन्तरसम्बन्धित अन्य विभिन्न व्यवसायिक प्रतिष्ठानका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । समयानुकुल आफ्नो ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्वेश्यले यस तालिममा भाग लिएको सहभागीहरुले बताएका छन् ।

तालिममा रियल इस्टेट करिअरबारे आधारभुत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरु समेटिएको थियो ।

तालिमका प्रशिक्षकहरुमा रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पूर्णिमा राजभण्डारी,रुद्र पोखरेल, रेबन्त श्रेष्ठ, निश्चल मान सिंह प्रधान, निभा श्रेष्ठ र सुमन थापा मगर रहेका थिए ।

यो तालिमले सहभागीहरुका लागि रियल इस्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँ आयाम सृजना गर्ने कम्पनीको विश्वास छ । रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त सहयोगी तथा उपलब्धिमूलक भएको र यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउन उपयोगी भएको तालिममा सहभागिहरुले बताए ।

दक्ष रियल इस्टेट मार्केटिङ एजेन्ट उत्पादनमार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले बृहतले १० वर्षअघिबाट यो तालिम संचालन गर्दै आएको छ । रिमा तालिमबाट हालसम्म दुई सय १८ जना ग्र्याजुएट भइसकेको कम्पनीले जानकारी दिएको छ ।