बृहत् प्रोपर्टी सोलुसन्स् (बीपीएस) ले आयोजना गरेको १५ औं ब्याचको तालिम सम्पन्न भएको छ । ‘बीपीएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत् ग्रुप’ अन्तर्गतको कम्पनी हो । १८ देखि २० अप्रिल २०१९ सम्म काठमाडौंमा आयोजित १५ औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यावसायिक प्रतिष्ठान समेतका १२ जनाको सहभागिता भन्दै कम्पनीले यस १५ औं रिमा ब्याचमा रियल इस्टेट कै क्षेत्रमा कार्य गर्दै आउनु भएका व्यक्तित्वहरू, रियल इस्टेट लगानीकर्ता साथै यस पेसामा लाग्न मनभएका व्यक्तित्वहरूको उपस्थिति रहेको जनाएको छ ।

 

समयानुकूल आफ्नो ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उनीहरूले यो तालिममा भाग लिएका थिए । तालिममा रियल इस्टेट करिअरबारे आधारभूत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी इभ्यालुएसन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एन्ड टेक्निकलगायतका विषयहरू समेटेको थियो । तालिमका प्रशिक्षकहरूमा नेपालका अग्रणी रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पूर्णिमा राजभण्डारी, रुद्र पोखरेल, निश्चलमान सिंह प्रधान, सुप्रिया श्रेष्ठ, प्राथना वैध रनिरज श्रेष्ठ रहेका थिए ।