काठमडौं । रियल इस्टेट करिअरका विषयमा आधारभुत जानकारी दिने उद्देश्यले बृहत प्रोपर्टी सोलुसन्स (बीपीएस)ले रियल इस्टेटका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुलाई ३ दिने रियल इस्टेट एजेन्ट (रीमा) तालिम दिएको छ ।

 

१५ औँ ब्याचको तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका गरी १२ जनाको सहभागिता थियो भने उनीहरुलाई रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पूर्णिमा राजभण्डारी, रुद्र पोखरेल, निश्चलमानसिंह प्रधान, सुप्रिया श्रेष्ठ, प्रार्थना बैद्य र निरज श्रेष्ठले पशिक्षण दिएका थिए ।

 

सहभागीहरुलाई घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी इभ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निकलगायतका विषयहरुमा प्रशिक्षण दिइएको थियो । तालिम यहि अप्रित १८ देखि २० सम्म सञ्चालन गरिएको थियो ।

 

‘बीपीएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’ अन्तर्गतको कम्पनी हो । यो कम्पनीले रियल इस्टेत क्षेत्रमा करिअर बनाउन चाहानेहरुका लागि तालिमहरु प्रदान गर्दै आएको छ ।

 

दक्ष रीमामार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले १० वर्षअघि देखी यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म १९५ जना रीमा सर्टिफाइड भैसकेका छन् । बृहत ग्रूप नेपालमा व्यवसायिक रिमा तालिम सञ्चालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी मानिँदै आएको छ ।